दैलेखका एमाले नेता तर्क शाही दम्पति नै माओवादीमा प्रवेश


मातृभूमी संवाददाता । २६ कात्तिक दैलेखः
नेकपा एमाले दैलेखका नेता तर्कबहादुर शाही नेकपा (माओवादी केन्द्र)का प्रवेश गरेका छन् । दैलेखी कम्युनिष्ट आन्दोलनका योद्धाका रुपमा चिनिने शाहीलाई आज प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् । उनीसँगै उनको श्रीमति सुस्मिता सिंह पनि माओवादी प्रवेश गरेकी छन् ।

सिंह एमाले कणर्ाली प्रदेश सदस्य समेत भइसकेकी नेतृ हुन् । उनी ०७४ मा एमालेबाट नै ठाटीकाँध गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । गत असोजमा भएको एमाले कणर्ाली प्रदेशको अधिवेशनसँगै शाही दम्पत्ति एमालेभित्र असन्तुष्ट बनेका थिए ।

एमाले कणर्ाली प्रदेशका पुर्व अध्यक्ष (त्यो बेलाको) विनोदकुमार शाहको प्रतिनिधि छनोटमा गुण्डागर्दी शैली अपनाएको भन्दै सिंहले सार्वजनिक रुपमै प्रेस नोट जारी गरेकी थिइन् । उनले शाहीलाई प्रतिनिधि छनोटमा हुकुमी शैली अपनाएको आरोप समेत लगाएकी थिइन् ।

उनी सात वर्ष अनेमसंघ दैलेखको वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेकी महिला नेतृ हुन् । उनी सम्पन्न अनेमसंघको राष्ट्रिय अधिवेशनमा निर्वाचित भई केन्द्रीय सदस्य तथा दैलेख-२ को इन्चार्जसमेत हुन् । आफुलाई प्रतिनिधि छनोट हुन नदिएपछि उनी एमालेभित्र रुस्ट बनेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *