जिम्मेवार व्यक्तिबाट श्रीमति कुटिनु निन्दनीय : अध्यक्ष शाही

मातृभूमी संवाददाता । २५ मंसिर 

दैलेखः भैरबी गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठनागरिक शाखा प्रमुख नासु निर्मलाकुमारी आचार्यलाई कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका नासु नमराज शर्मा रिजालले श्रीमतिलाई मरणासन्न हुने कुटपिट गरेको विषयलाई भैरवी गाउँपालिकाले आपत्ति प्रकट गरेको छ ।

भैरबी गाउँपालिका–४ सिलङ्गी गाउँका बासिन्दा पीडकले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको कार्यक्रम गर्न जाँदा कार्यालयको पुरुष कर्मचारीको मोटरसाइकल चढेको विषयलाई विवादको विषय बनाई कुटपिट गरेको भन्ने विषय गाउँपालिकाको जानकारीमा रहेको गाउँपालिकाका अध्यक्ष रीताकुमारी शाहीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको कार्यक्रम गर्न गएको विषयमा विवादको विषय बनाई कुटपिट भएको विषयमा अध्यक्ष शाहीले पढेलेखेका जिम्मेबार व्यक्तिबाट यस्तो घटना हुनु निन्दनीय कार्य भएको भन्दै यस्तो घटना दोहोरिन नदिन सम्वन्धित निकायको ध्यान जानुपर्ने टिप्पणी गरिएको छ ।

भैरबी गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठनागरिक शाखा प्रमुख नासु निर्मलाकुमारी आचार्यका श्रीमान नमराज शर्मा रिजाल पनि भैरबी गाउँपालिका–४ सिलङ्गी गाउँका स्थानीय बासिन्दा हुन् । गाउँपालिकाको यो विज्ञप्ती पीडकलाई कारबाहीको माग नगरिएकोप्रति मानव अधिकार रक्षक सञ्जालका संयोजक पत्रकार विशाल सुनारले आपत्ति जनाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *