प्रदेश भेला जिसस महासंघको दैलेखमा हुँदै

मातृभूमी संवाददाता । २५ मंसिर 

दैलेखः जिल्ला समन्वय समितिको अधिकार र श्रोत साधन सवालमा छलफल गर्न कर्णाली प्रदेशका १० जिल्लाको दोश्रो प्रदेश भेला सोमबार दैलेखमा हुने भएको छ । जिसस महासंघका कर्णाली प्रदेश सहसचिव जिल्ला समन्वन्य समिति दैलेखका उपप्रमुख केशवबहादुर शाहीले भन्नुभयो दोश्रो प्रदेश भेलाकाे सबै तयारी पूरा भएको छ ।

कर्णाली प्रदेशका जिल्ला समन्वय समितिका मध्ये रुकुमका जिसस प्रमुख बिरामी पर्नुभएका कारण उपस्थित हुन नसक्ने जानकारी आएको र उहाँ बाहेक सबै जिससका पदाधिकारीहरु दैलेख सदरमुकाममा पुग्नुभएको महासंघका कर्णाली प्रदेश सहसचिव शाहीले जानकारी दिनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९२ मा एघार वटा काम, कर्तव्य र अधिकारको फेहरिस्त समावेश गरिएपनि अधिकांश कामहरुमा पालिकाले हस्तक्षेप गरेको भन्दै जिससहरुले आफूहरुलाई काम न काजसँग बनाएको भन्दै प्रदेश र केन्द्र सरकारसंग जिसस महासंघको असन्तुष्टी छ ।

जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाहरू बीच समन्वय गर्न, सरकारी कार्यालय र पालिकाहरूबीच समन्वय गर्न, विकास निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न जिल्ला सभा र जिल्ला समन्वय समितिको व्यवस्था गरिएको संविधानमा उल्लेख गरिए पनि तालमेल मिल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *