लोकतन्त्रमा शुशासन अनिवर्य : खत्री
मातृभूमी संवाददाता । २५ मंसिर
कर्णाली प्रदेश सभा सदस्य पूर्ण बहादुर खत्रीले लोकतन्त्रमा सुशाशन अनिवार्य रहेको बताएका छन् । ७५ औं अन्तराष्टिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज दैलेखले गरेको नागरिक संवाद कार्यक्रममा बोल्दै खत्रीले लोकतन्त्र बलियो बनाउनको लागी दिगो बिकास र बिकासमा पारदर्शिता कायम गर्नुपर्ने बताएका छन् । भ्रष्टचार मौलाउँदै गए लोकतन्त्र बमजोर हुने भएकोले सबै जिम्मेवारी तह र तप्कामा रहेका व्यक्ती वा संस्थाहरुले आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्नुपर्ने सुझाव दिएका हुन् ।
कार्यक्रममा सहभागीहरुले देशमा भएका ठूला ठूला भ्रष्टचारका काण्डहरु सँगै दैलेखको संमग्र विकासमा देखिएका समस्याको समाधानका लागी जिम्मेवार पक्षले महत्वपूणर् भूमिका निर्वाह गर्नुपर्ने र विकासको प्रभावकारी उपभोग गर्न पाउने जनताको अधिकारलाई वच्चित गराउने काम केही कसैबाट हुन नहुने सहभागीहरुले बताएका छन् ।
संविधानमा उल्लेख गरिएको मानव अधिकारको रक्षाका लागी सबैको भुमीका महत्वपूर्ण हुने विषयमा छलफल र बहस भएको गणेशचौक देखी प्लेकार्डमा सन्देश टाँसिएको र्याली सहित जिल्ला समन्वय समितिको हलमा नागरीक संवाद गरिएको मानव अधिकार तथा शान्ति समाज दैलेखका सभापती खत्रीले बताएका छन् ।