राउटे बस्तीमा स्वास्थ्य शिविर

जङ्गलमा बस्ने र खराव आनिबानीका कारण स्वास्थ्य समस्या चुलिँदो छ । चोटपटक लागेपछि जडिबुटी लगाएर ठिक पार्ने गरेका राउटेहरु अहिले एलोप्याथी उपचारमा पनि रुचि दिन थालेका छन्। चिकित्सकसहितको स्वास्थ्यकर्मी बस्तीमै पुगेर स्वास्थ्यजाँच गरी औषधि पाउँदा राउटे मुखिया सूर्यनारायण शाहीले खुशी व्यक्त गर्नुभयो । “पहिले धामी झाँक्री गर्थ्यौं ढिलो हुन्थ्यो, अहिले औषधि आएपछि छिट्टो सन्चो हुन्छ,” शाहीले भन्नुभयो । राउटे समुदायका महिला, वृद्ध र बालबालिका सबै खराब लतमा फसेका छन् । एकाध राउटेबाहेक अधिकांश मदिरा, सुर्तीको अम्मली छन् । खराब आनिबानी, अस्वस्थकर खानपान र लगातारको बसाईसराई कारण पनि राउटे स्वास्थ्य जोखिम बढ्दो छ ।  बस्तीमै स्वास्थ्य जाँच गर्दै लुम्बिनी प्रदेश प्रहरी अस्पतालको चिकित्सक डा. अच्युतविक्रम हमाल भन्नुहुन्छ,अधिकांश राउटेमा मुटु, छाती, उच्च रक्तचापसँगै महिलामा रक्तअल्पता र शिशुमा कुपोषण भएको देखिन्छ । समुदायको अवस्थालाई बुझ्न हरेक मौसम परिवर्तन हुनेबेला शिविरको आयोजना गरी स्वास्थ्यको निगरानी गर्नैपर्ने हमाल बताउनुहुन्छ ।

राउटे बस्तीमै स्वास्थ्य शिविर लिएर काठमाडौंदेखि पुग्नु भएकी नेपाल प्रहरी श्रीमती सङ्घकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवर भन्नुहुन्छ, “स्वास्थ्य जाँच गराउन मानेको देख्दा राउटे सामाजिकीकरण प्रक्रियामा छन्, सरोकारवाला सबैले थप जोड गर्नसके अकाल मृत्यु रोक्न सकिन्छ । कुल ४६ घरधुरी रहेको राउटेको अहिले एक सय ४२ जनसङ्ख्या छ । दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं ५ स्थित कागेतडामा बस्दै आएको छ । भैरवी गउँपालिकाकै वडा नंं ३ मा रहेको छामघाट खोला किनारबाट एक महिना अघिमात्र महामुखिया मैनबहादुर शाहीको निधनपछि बस्ती सरेर आएको हो । सामान्यतया समुदायको सदस्यको मृत्यु भएपछि वा आवश्यक स्रोत साधन सकिएपछि वा मौसम फेरिएपछि राउटे समुदाय बसाइ सर्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *