नेपाल राष्ट्रबैंकको एक दिने गोष्ठी दैलेखमा सम्पन्न

मातृभूमी संवाददाता । २९ मंसिर दैलेखः

नेपाल राष्ट्रबैंक सुर्खेत कार्यालयले दैलेखमा एक दिने गोष्ठी सम्पन्न गरेको छ । आर्थिक तथ्याङ्कको महत्व, उपादेयता तथा तथ्याङ्क संकलनका समस्याहरु विषयक १ दिने गोष्ठी कार्यक्रम होटल पार्कइन दैलेखमा सम्पन्न गरेको हो ।

नेपाल राष्ट्रबैका उप निर्देशक बाबुराम कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमा नारायण प्रसाद पोखरेलको प्रमुख आतित्यतामा कार्यक्रम सम्पन्न गरिएको राष्ट्रबैंक सुर्खेतका सहायक निर्देशक चिनिया लामाले जानकारी दिए । उनले दिएको जानकारी अनुसार नेपाल राष्ट्रबैंक आर्थिक अनुसन्धान विभागका निर्देशक, उप निर्देशक उद्यमी,सरकारी कार्यालयका प्रतिनिधि बैंक तथा वितिय संस्थाका प्रतिनिधि लगायत सरोकारवाल निकायका प्रतिनिधिहरुसंग छलफल भएको छ ।

गोष्ठीमा आर्थिक गतिविधि अध्ययन सम्बन्धी प्रस्तुतिकरण आर्थिक तथ्याङ्कको महत्व उपादेयता तथा तथ्याङ्क संकलनका समस्या सम्बन्धी प्रस्तुतिकरण गरिएको छ । कार्यक्रकामा बोल्दै कार्यक्रमका प्रमुख अतिति तथा नेपाल राष्ट्रबैका निर्देशक नारायण प्रसाद पोखरेलले दैलेखमा भएको एक दिने गोष्ठी कार्यक्रम समग्रमा राम्रो भएको बताए ।

कार्यक्रमको समापनमा बोल्दै राष्ट्रबैंकका उप निर्देशक बाबुराम कोइरालाले कार्यक्रममा उपस्थित सम्पुर्णालाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रमकाे समापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *