टाइफाइड खाेप सम्बन्धि अभिमुखिकरण

मातृभूमी संवाददाता । २९ मंसि दैलेखः
दैलेखमा जिल्ला स्तरीय खाेप समन्वय समितिकाे बैठक सम्पन्न भएको छ। स्वास्थ सेवा कार्यालय दैलेखको आयोजना गरिएको टाईफाइ खाेप अभियान परिचयात्मक कार्यक्रम सरकारवाला संग छलफल गरिएको हाे।
कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय दैलेख खाेप व्यवस्थापक थिर प्रसाद रेग्मीले टाइफाइड खाेप सम्बन्धि जानकारी सबैले हुनुपर्ने बताए । उनलेे एक बर्ष बढी उमेरका बालबालिकाकाे लागि खाेप सेवा विस्तार गर्दै जाने उनले जानकारी दिए। उनलेे दैलेखका सबै पालिकालाई समन्वय गरेर अगाडि बढ्ने जानकारी दिए।

११ वटा पालिकामा खाेप सम्बन्धि तालिम स्वास्थ्यकर्मीलाई दिने उनलेे बताए।

यस्तै जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाही जिल्लामा खाेप अभियानमा सबै राजनीतिक सबैले चासो राख्नुपर्ने बताए । दैलेख पंञ्चकाेशीकाे जिल्ला हाे। यसलाई सबैले ध्यान दिनुपर्ने उनले जानकारी दिए।दैलेखको पर्यटकिय क्षेत्रलाई पचार प्रचार गर्न सबैकाे महत्त्वपूर्ण भूमिका रहनुपर्ने उनलेे जानकारी दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *