मानव अधिकार वर्ष पुस्तक घटना वार्षिक पूर्वसमीक्षा कार्यक्रम सम्पन्न
मातृभूमी संवाददाता । ०३ पुस दैलेख
जिल्ला समन्वय समितिका उपप्रमुख केशवबहादुर शाहीले कानूनको पालना गराउन सबैलाई जिम्मेवारी बनाउनुपर्ने बताउनुभएको छ । इन्सेकको मानव अधिकार वर्ष पुस्तक घटनाहरुको पूर्वसमीक्षा कार्यक्रममा बोल्दै उहाँले कानून कार्यान्वयनले अपराध रोकथाम र मानव अधिकार संरक्षणमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
कार्यक्रमका जिल्ला प्रहरी कार्यालदय दैलेखका इञ्चार्ज डीएसपी किशोर लम्सालले गम्भीर मानव अधिकार ज्यादतीका सबै घटनाका आरोपितहरुलाई पक्राउ गर्न सक्नु प्रहरीको सफलता भएको बताउदै जिल्लामा शान्ति सुरक्षा कायम गराउन समाजको राम्रो सहयोग पाएको सुनाउनुभयो ।
मानव अधिकार रक्षक सञ्जालका संयोजक विशाल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बार एशोसियसनका जिल्ला अध्यक्ष ललितबहादुर थापा, गैरसरकारी संस्था महासंघका सदस्य सविना बिक लगायतले मानव अधिकार वर्ष पुस्तकका लागि संकलन गरिने घटनाहरुले मानव अधिकारको अवस्था चित्रण गरेको भन्दै सुशासन प्रवद्र्धनका सहकार्यताको आवश्यकता दर्शाउनुभयो ।
इन्सेकले सन् २०२३ को जनवरीदेखि हालसम्म दैलेखमा एक सय घटना अभिलेखीकरण गरेको जानकारी दिएको छ ।