प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै दैलेखमा प्रदर्शन

मातृभूमी संवाददाता । १४ पुष दैलेख
ललितपुरको बालकुमारिमा दुई युवाको प्रहरी दमनबाट मृत्यु भएपछि दैलेख सदरमुकाममा प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रर्दशन गरिएको छ । मृतकका आफन्त तथा विभिन्न राजनीतिक दलका युवा तथा विद्यार्थीहरूले विभिन्न नारावाजी गर्दै प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् ।
दैलेखको देवकोटा चोकवाट सुरु भएको विरोध प्रदर्शन डेकेन्द्र चोक, गणेश चोक, लोकतान्त्रिक चोक हुँदै वजार परिक्रमा गरी पुनःदेवकोटा चोकमा समापन गरिएको थियो । देवकोटा चोकमा भएको कोण सभामा वोल्दै युवा नेता प्रकाश वुढाले देशमा रोजगारिको ग्यारेन्टी नभएको र विदेश जान्छु भन्दा गोली खानुपर्ने अवस्था आएको वताए ।
वुढाले भने, ‘विदेश गएका हजारौं युवाको श्रम र पसिनाको कमाई रेमिट्यान्सबाट पालिएको सरकार दलाल, भ्रष्ट र तस्करहरुको संरक्षणमा लिप्त छ । हामीले यो सरकारबाट के अपेक्षा गर्ने ? हजारौं युवामा निराशा छाएको छ । लाखौं नेपालीको भविष्यको सुनिश्चितता छैन । संविधानको मौलिक हक मै ग्यारेन्टी गरेको रोजगार दिन सक्दैन । विदेश जाने युवालाई गोली दिन्छ ।’
दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाह जस्ता हजारौं युवाहरुको छातिमा बन्दुक राखेर आफूलाई के प्रमाणित गर्न खोज्दै छ सरकार ? भन्दै युवा नेता वुढाले प्रश्न गरे । युवा नेता वुढाले मृतकप्रति उचित न्याय, दोषीलाई हदैसम्मको कारबाही, परिवारजनमा क्षतिपूर्ति, र हत्या गरिएका युवालाई सहिद घोषणा नगर्दा सम्म आन्दोलनका कार्यक्रम झन् शसक्त पार्दै जाने वताए ।
यस्तै अर्का युवा नेता जनक शर्माले गृह प्रशाशन, सरकारको लाचारीपनको पराकाष्टका कारण बालकुमारी घटना भएको वताए । इपिएस कार्यालयका कर्मचारीको दम्भले युवाहरु परीक्षाबाट वञ्चित गराउने उदेश्यले यो घटना भएको युवा नेता शर्माको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *