बालिका बलात्कार गर्ने वृद्धलाई जन्मकैदको सजाय

मातृभूमी संवाददाता । १७ पौष दैलेख
नौ वर्षीया बालिकालाई बलात्कार गर्ने एक वृद्धलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । सोमवार न्यायाधीश बलराम लम्सालको इजलासले नारायण नगरपालिका ८ ढकानेका ८६ वर्षीय प्रजापति रेग्मीलाई जन्मकैदको फैसला सुनाएको हो । अदालतले रेग्मीलाई २५ वर्ष कैद, सात लाख रुपैयाँ जरिबाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र २ हजार ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला सुनाएको अदालतका स्रेस्तेदार बद्री लामिछानेले जानकारी दिए ।
गएको चैत २३ गते वृद्धले बालिकालाई बलात्कार गरेको कुरा स्वास्थ्य परीक्षण रिपोर्टमा पुष्टि भएको थियो । आरोपी रेग्मीलाई घटनाकै दिन चैत २३ गते हिरासतमा लिई गरिएको प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले वैशाख १४ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी सम्बन्धी अभियोग दर्ता गराएको थियो । अभियोग सम्बन्धमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट पुर्पक्षका लागि दैलेख कारागार थुनामा पठाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *