नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन माघ २७ देखि हुने


मातृभूमी संवाददाता । १९ पुस दैलेख
दैलेख नेपाल कम्युनिस्ट पार्टी (एमाले) दैलेखको जिल्ला अधिवेशन माघमा हुने भएको छ। मंगलवार बसेको (एमाले) जिल्ला कमिटीको बैठकले पार्टीको आठौँ जिल्ला अधिवेशन माघ २७, २८ र २९ गते गर्ने निणर्य गरेको हो।

(एमाले) पार्टी कार्यालय दैलेखका कार्यालय सचिव यामनारायण उपाध्यायका अनुसार जिल्ला अधिवेशनमा पच्चीसजना संगठित सदस्य बराबर एकजना प्रतिनिधि आउन पाउने बताए। उनले दलितको हकमा भने बीसजना संगठित सदस्य बराबर एकजना प्रतिनिधि अधिवेशनमा सहभागी हुन पाउने बताए।

आठौँ जिल्ला अधिवेशनमा भने अहिलेको जिल्ला कमिटीका १०६ जना आयोजक हुने जनाइएको छ। एमालेले सार्वजनिक गरेको विवरणअनुसार यहाँका ११ वटा स्थानीय तहमा पार्टीका ६ हजार ६५३ जना संठित सदस्य छन्।

पार्टी कार्यालय सचिव उपाध्यायका अनुसार आठबीस नगरपालिकामा ८१८ जना संगठित सदस्य रहेका छन्। ठाँटिकाँध गाउँपालिकामा ४५३ जना, चामुण्डाविन्द्रासैनी नगरपालिकामा ७२२, दुल्लु नगरपालिकामा १ हजार २०२ र भैरवी गाउँपालिकामा ५१९ जना संगठित सदस्य रहेका छन्।

यसैगरी महाबु गाउँपालिकामा ३८७, नौमूले गाउँपालिकामा २०९, नारायण नगरपालिकामा ९८२, भगवतीमाई गाउँपालिकामा ३१९, डुंगेश्वर गाउँपालिकामा ५१९ र गुराँस गाउँपालिकामा ५१६ जना गरी एमाले दैलेखमा ६ हजार ६५३ संगठित सदस्य रहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *