दैलेखमा विद्युत उपभोग गर्ने नागरिकको संख्या वढ्दै

मातृभूमी संवाददाता । २१ पुष दैलेख
दैलेखमा पछिल्ला वर्षहरूमा विद्युतको उपभोग गर्ने नागरिकको संख्या बढ्दै गएको छ । जिल्लाका ग्रामिण क्षेत्रमा विद्युतिकरणले तीव्रता पाएसँगै दैलेखमा विद्युतको उपभोग गर्ने नागरिकको संख्या बढ्दै गएको हो । दैलेखमा पछिल्लो दुई महिनामा विद्युत उपभोग गर्ने घरधुरीको संख्या आठ सयले वृद्धि भएको नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र दैलेखका कार्यालय प्रमुख नरेशदत्त रावलले वताए ।
उनले हाल दैलेखमा विद्युत प्रयोग गर्ने घरधुरी १५ हजार ८ सय रहेको वताए । दैलेखका ११ वटा स्थानीय तहमा हालसम्म ७० प्रतिशत घरधुरीमा विद्युतिकरण सम्पन्न भएको कार्यालय प्रमुख रावलले बताए । दैलेखका ९० वडा मध्ये ८२ वडामा विद्युतिकरणको काम सम्पन्न भइसकेको कार्यालय प्रमुख रावलको भनाई छ ।
दैलेखका आठविस, चामुण्डाविन्द्रासैनी नगरपालिका र ठाँटिकाँध गाउँपालिकाका केही वडाहरूमा मात्र विद्युतिकरणको काम हुन बाँकी रहेको जनाइएको छ । केहिदिन अघिमात्र ठाँटिकाँध गाउँपालिका ५ मा रहेका ६ सय घरधुरी मध्ये ५ सय ५० घरहरूमा बत्ती बालिएको कार्यालय प्रमुख रावलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *