नारायण नगरपालिकामा २ दिने क्षमता विकास तालिम सुरु
मातृभूमी संवाददाता । २४ पुस दैलेखः
दैलेखको नारायण नगरपालिकामा वालवालिकाको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी २ दिने क्षमता विकास तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले विद्यालयमा विद्यार्थी अपांग हो कि होईन भनेर यस तालिमले पहिचान गर्न सहयोग हुने वताउनुभयो ।
तालिमको सफलताको शुभकामना दिदै नगर प्रमुख शर्माले यस तालिमले विद्यार्थीहरुलाई दिने शिक्षामा समानता र एकरुपताका साथै अपांगमैत्री कक्षा कोठा निर्माण, अपांगमैत्री वातावरण निर्माण गर्नेमा आफु विश्वस्त रहेको वताउनुभयो । एक फरक प्रसंगमा नगर प्रमुख शर्माले आगामी शैक्षिक सत्रदेखी शिक्षामा गुणस्तर ल्याउनका लागि नयाँ कार्यक्रम नगरपालिकाभरी संचालन हुने वताउनुभयो । उहाँले शिक्षामा गुणस्तर ल्याउन व्रिटिस काउन्सिल र नारायण नगरपालिकावीच एमओयु भैसकेको र नयाँ शैक्षिक सत्रदेखी उक्त कार्यक्रम संचालन हुने वताउनुभयो ।
यस्तै तालिम उद्घाटन कार्यक्रममामा नारायण नगरपालिकाका नगर उपप्रमुख तप्तकुमारी थापाले तालिमको सफलताको शुभकामना दिदै २ दिनको तालिम फलदायी हुने वताउनुभयो । उहाँले यहाँ सिकेका कुरा विद्यालयमा गएर लागु गर्न अनुरोध समेत गर्नुभयो । कार्यक्रममा नारायण नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पूणर्प्रसाद उपाध्यायले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै तालिममा सहभागी नगरपालिका भित्रका शिक्षकहरुलाई स्वागत गर्नुभएको थियो ।