बिचार र सिद्धान्त मिल्नेहरूको एकता दिगो हुन्छः कँडेल

मातृभूमी संवाददाता । १९ चैत्र दैलेख

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले अहिलेको एकता बिचार र सिद्धान्त मिल्नेहरूको एकता भएकोले दिगो समयसम्म कायम रहने बताउनुभयो । दैलेखको डुङ्गेश्वर गाउँपालिकाको पालिका अधिवेशनको उद्घाटनमा बोल्दै नेता कँडेलले विगतमा निर्वाचन अघि नै भएको गठबन्धन विचार सिद्धान्त नमिलेकै कारण धेरै दिन टिक्न नसकेको र पछिल्लो राजनीति समीकरणसँगै सरकारमा सामेल दलहरू मध्ये एमाले, माओवादी र समाजवादी दलहरूको बिचार र सिद्धान्त एउटै भएकोले पछिल्लो एकता दिगो रूपमा अगाडी बढ्ने जानकारी दिनुभयो ।

नेकपा एमाले नै नेपालको कम्युनिस्टको पहिलो शक्ति रहेको पुष्टि भएको र एमालेले गरेका जन पक्षीय कामहरूबाट जनता अझैँ उत्साहित बनेपछि देश र जनतालाई विकास र समृद्धिको मार्गमा अगाडी बढाउने मुख्य उद्देश्य राखेर अहिलेको गठबन्धन बनेको नेता कँडेलले वताउनुभयो । गाउँमा विकास र समृद्धिको सम्भावनाका ढोकाहरू खोल्नका लागि विकासलाई दिगो रूपमा सम्पन्न गर्नका लागि एमालेका वडा तहदेखिका कार्यकर्ताहरू नेपालको गरिबी उन्मुलन अभियानमा लाग्नुपर्ने बताउनुभयो । एमालेका हरेक वडाका नेताहरूले वडामा जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने, कुनै लोभ लालचमा फस्न नहुने सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *