दैलेखका नयाँ प्रहरी प्रमुख डीएसपी सुनिल दाहाललाई स्वागत

मातृभूमी संवाददाता । १९ चैत्र दैलेख

दैलेखका नयाँ प्रहरी प्रमुख डीएसपी सुनिल दाहालले कानूनले दिएको जिम्मेवारी अनुसार शान्ति सुव्यवस्था र अपराध नियन्त्रणमा दत्तचित्त भई जिम्मेवारी निवाह गर्ने बताउनुभएको छ ।दैलेखका पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो । १६ वर्ष अघि प्रहरी इन्स्पेक्टरबाट सेवा थालनी गर्नुभएका डीएसपी दाहाल आइतबार मात्र दैलेख प्रहरी प्रमुखको जिम्मेवारीमा आउनुभएको हो । उहाँले पत्रकारहरुलाई समयमा सूचना प्रवाह गर्नेमा आफू प्रतिवद्धता जनाउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नविन रिजाल, जिल्ला अध्यक्ष यज्ञराज थापा लगायतका पत्रकारहरुले जिल्लामा शान्ति सुरक्षा र सुशासन प्रभावकारी बनाउने विषयमा प्रहरी र पत्रकारहरुको सहकार्यता विषयमा सुझावहरु दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *