उत्खनन् स्थल पुगे मुख्य ड्रिलिङ गर्ने उपकरण

मातृभूमी संवाददाता । २० चैत्र दैलेख
दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्तिम अन्बेषण तथा उत्खननका लागि चीनबाट ल्याइएका उपकरणहरु धमाधम दैलेख आईरहेका छन् । चीनदेखि भारतको कोलकत्ता हुँदै रुपैडिया नाकाबाट सामान सहितका ट्रकहरु धमाधम दैलेख आईरहेका हुन् । दैलेखको भैरवी गाउँपालिका १ जलजलेमा उत्खननका लागि ड्रिलिङ सर्वेको कामका लागि चीनबाट ल्याइएका उपकरणहरु धमाधम दैलेख आईरहेको दैलेखका प्रमुख जिल्ला खिमराज भुसालले जानकारी दिए ।
दैलेखमा मिनि ट्रक २२ वटा र एक वटा १२ चक्के ट्रक जलजलेमा पुगेको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए । उनले साना ट्रक सुर्खेत हुँदै दैलेख आएको र ठुला ट्रक कर्णाली रामार्गको बाटो भएर मध्यपहाडी राजमार्ग हुदै उत्खनन स्थल आएको उनले वताए । १२ चक्के ट्रक मध्यहाडी राजमार्ग अन्तरगत दुल्लु नगरपालिका ९ पादुकामा मोड नपुगेका कारण रोकिएको खवर पाउन बित्तिकै जेसीबी लगाएर मोड बनाउन लागिएको प्रमुख जिल्ला अधिकारी भुसालले वताए ।
खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले पेट्रोलिय पद्धार्थको अन्तीम अन्बेषणका लागी १ सय ५० वटा ट्रक जलजले आउने वताए । उनले २२ वटा मिनि ट्रक जलजलेमा पुगेको र अवको एक दुई दिनमा १ सय ५० वटा ट्रक पुर्‍याइने जानकारी दिए ।
नेपाली र चीनको प्राविधिक टोलीले पहिलो चरण अन्तरगत साइस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटो टेल्युरिक सर्वे र जिओ केमिकल स्याम्पलिङ सर्वे गरी ४ वटा सर्वेका काम गरिएको थियो । ड्रिलिङ पश्चात् पेट्रोलियम पदार्थ र ग्यास भण्डारण कति छ भन्ने पत्ता लाग्ने बित्तिकै अर्को प्रक्रियामा जाने खानी तथा भूगर्भ विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *