सहकारीहरुको नियमन आवश्यक : सांसद थापा

मातृभूमी संवाददाता । २० चैत्र दैलेख
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति दैलेख निर्वाचन क्षेत्र नं. १ का सांसद अम्मरबहादुर थापाले स्थानीय सरकारहरुले सहकारीका भवन बनाइदिने वा अनुदान दिने भन्दा सबै सहकारीहरुको नियमन गर्न आवश्यक रहेको वताएका छन् ।
राष्ट्रिय सहकारी संघ दैलेखले ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा दैलेख सदरमुकाममा आयोजना गरेको सहकारीहरुमा देखिएका समस्या समाधानका लागि स्थानीय सरकार र सहकारीकर्मीहरुवीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गरिबी निवारणका लागि कृषि उत्पादनमा बढवा र बजारको प्रवन्ध गर्न आग्रह गरे ।
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभा सदस्य सावित्री मल्लले स्थानीय सरकार विपन्न जनताहरुको जीवनस्तर उठाउनको लागि गठन भएको भन्दै सहकारीहरुको समन्वयका काम गर्न आवश्यक रहेको बताईन् ।
राष्ट्रिय सहकारी संघ केन्द्रीय सदस्य हरिहरनाथ योगीले सहकारीका सञ्चालकहरुले ऋण लिने, आफन्त ऋण दिने, व्यावसायिक योजना नहेरी लगानी गर्ने गरेको कारण सहकारीहरुको ऋण असुली समस्या रहेको उल्लेख गर्दै सहकारी सञ्चालकहरुमा इमान्दारिता र सरकारको तर्फबाट नियमन बढाउनुपर्ने आवश्यकता रहेको वताए ।
कार्यक्रममा डुंगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले गाउँ-गाउँका सहरकारीहरुलाई कृषि क्षेत्रको प्रवद्र्धन गर्न सहकारी संघले प्राविधिक ज्ञान दिन आवश्यक रहेको बताए ।
यस्तै गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीले गुराँस गाउँपालिका क्षेत्रमा तरकारी खेतीमा भएको प्रगति सहकारीहरुको सहयोग महत्वपूणर् रहेको वताए ।
राष्ट्रिय सहकारी संघ दैलेखका अध्यक्ष भूपेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीकर्मीहरुले ऋण डुब्नबाट बचाउने, उत्पादनमूलक क्षेत्रमा लगानी लगायतका सवालमा स्थानीय सरकारसंग सहकार्यताको अपेक्षा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *