दैलेखमा वीस वर्ष मुनिका गर्भवती संख्या बढ्दो

मातृभूमी संवाददाता । २१ चैत्र दैलेख
दैलेखमा वीस वर्ष मुनिका गर्भवतीले पहिलो पटक गर्भ जाँच गर्नेको संख्या झण्डै २२ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०८०/०८१ को हालसम्म स्वास्थ्य संस्थाबाट पहिलो पटक गर्भ जाँच गर्ने गर्भवतीको संख्या २ हजार १ सय ८ रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार ४ सय ४९ जना वीस वर्ष मुनिका गर्भवतीले पहिलो पटक गर्भ जाँच गरेका छन् ।
दैलेखमा नियमित गर्भ जाँच गर्नेको संख्या वृद्धि हुँदै गएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. धर्मराज रेग्मीले वताए । हालसम्मको तथ्यांक अनुसार स्वास्थ्य संस्थामा ८४ प्रतिशत गर्भवती महिलाले नियमित गर्भ जाँच गरेको प्रमुख रेग्मीले वताए । आठ पटक गर्भ जाँच गर्ने गर्भवतीको संख्या १ हजार ३ सय रहेको छ । जसमा वीस वर्ष मुनिका गर्भवतीको संख्या १ सय ८८ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *