पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना

मातृभूमी संवाददाता । २१ चैत्र 

दैलेख रहेकाे पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना भएको छ । उपकरण लैजान सडक चौडा पार्ने कम्पनीले गडगडे ढुंगाहरुका कारण उपकरण बोकेको ट्रक दुर्घटनामा परेको हो । ट्रक दुल्लू नगरपालिका ३ पालीमा सडकमै पल्टिएको थियो । नेपालगञ्ज, सुर्खेत हुँदै कर्णाली राजमार्ग भएर भैरवी गाउँपालिकाको जलजले आयोजना स्थलमा जाँदै गर्दा दुर्घटना ठूला पाँच वटा मध्ये म.प. ०३००१ ख ७८१७ नम्बरको भारतीय नम्बर प्लेटको ट्रक पादुका खोला नजिक पाली दुर्घटना भएको थियो  ।

सडक चौडा पार्ने कम्पनीले सडकमा छोडेको गडगडे ढुंगाहरुका कारण सडकमै पल्टिएको ट्रक दुई वटा क्रेनको सहायताले उठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । चिनियाँ सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाका लागि पहिलो चरणमा २२ वटा मालवाहक ट्रक अन्वेषण स्थलमा पुगिसकेका छन् । जम्मा १ सय २८ वटा मध्ये अरु नेपालगञ्ज, सुर्खेत र दैलेखका विभिन्न स्थलमा छन् ।

सडक साघुरो हुँदा ती ट्रकहरु अन्वेषणस्थल भैरवी गाउँपालिका १ जलजले पुग्न समस्या भएको छ । दैलेख सुर्खेत ६५ किलोमीटर मोडहरु धेरै भएको र ग्रेड नमिलेको भन्दै आयोजनाले सुर्खेतदेखि कर्णाली राजमार्गको साँगेतडा हुँदै जम्बुकाँध पुगेर मध्यपहाडी राजमार्गबाट पादुकादेखि रावतकोटको जलजले स्थित पेट्रोलियम अन्वेषण स्थलमा उपकरण बोकेका ट्रकहरु लैजाने गरिएको छ । अन्वेषणका लागि उपकरणहरु ल्याउन सडक फराकिलो पार्न कर्णाली राजमार्गको सुर्खेतदेखि साँगेतडा र साँगेतडादेखि मध्यपहाडी राजमार्ग जोड्ने जम्बुकाँधसम्मको खण्ड ४ करोड ३६ लाख खर्च भएको तर सडक फराकिलो नभएको कारण अहिले पुनः ठाउँमा मोड सुधार गर्न लगाइएको छ ।

उपकरणहरु ल्याउने १५ मिटर लम्बाइ र ४० देखि ४५ टनको ठूलो ड्रिलिङ मेशिन ल्याउन सडक फराकिलो पार्न स्क्याभेटरले भित्ताबाट खसालेको ढुंगा सडकमै अत्रत्यत्रै छोडिदिएको कारण नै म.प. ०३००१ ख ७८१७ नम्बरको भारतीय नम्बर प्लेटको ट्रक सडकमा पल्टिएको हो । हामीले दिएको मार्गदर्शन अनुसार सडक फराकिलो पार्ने र मोड सुधार भएको कारण अन्वेषणका लागि उपकरणहरु बोकेका ठूला ट्रकहरु गन्तव्य पुर्‍याउन गाह्रो भएको खानी तथा भूगर्व विभागको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश स्थापितले दुखेसो पोखे । २०७२ चैतमा नेपाल र चीन बीच पेट्रोलियम पर्दाथ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएसँगै २०७५ माघमा चीन र नेपालबीच परियोजना स्वीकृत भई २०७६ देखि प्रारम्भिक सर्वेक्षणपछि अहिले जलजलेमा ४५ रोपनी जग्गा अधिग्रण गरी ड्रिलिङ्ग काम थाल्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *