कर्णालीको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल नियुक्त

मातृभूमी संवाददाता । २७ चैत दैलेख
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले नेपालको धारा १६८ को उपधारा (२) बमोजिम कँडेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री कंडेलको शपथ चैत्र २८ गते हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
कंडेललाई नेकपा (एमाले) का सभामुख सहित १०, माओवादीका १३ र समाजवादीका एक सांसदको समर्थन छ । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन चाहिने आवश्यक संख्या २१ हो । जसमा गठबन्धनको पक्षमा २४ जना सांसद छन् । कंडेलले मुख्यमन्त्रीमा भएपनी मन्त्रालय भागवण्डाको विषय टुंगिएको छैन ।
सत्ता साझेदार दल माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय आफूले पाउनुपर्ने माग अघि सारेपछि भागवण्डामा कुरा नमिलेको जनाइएको छ । प्रदेश सरकारको दोस्रो कार्यकालमा एमाले सरकारमा सहभागी भएको यो दोस्रो पटक हो ।
१० पुस २०७९ मा माओवादी-एमालेबिच बनेको गठबन्धन भत्किएपछि २६ चैत २०७९ मा सरकारबाट बाहिरिएको एमाले त्यसको ठीक एक वर्षपछि नेतृत्व सहित सरकारमा जान लागेको हो । उबेला एमालेको समर्थनमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए थियो । एमालेबाट तीन जना मन्त्री सरकारमा सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *