एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरेबियासँग खेल्दै

मातृभूमी संवाददाता । ०५ बैशाख काठमाण्डाै
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले वुधवार साउदी अरेबियासँग खेल्दैछ । ओमानको अल अमिरातमा खेल वुधवार बिहान पौने १२ बजे शुरु हुनेछ । वुधवारको खेल जितेमा समूह चरणमा अपराजित बन्दै नेपालले सेमिफाइनल खेल्नेछ । नेपाल यसअघि नै समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।
मंगलवार भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल समूह ‘ए’ को विजेता बनेको हो । ३ खेल खेलेको नेपालको ६ अङ्क छ । ४ खेल खेलेको कतारको ४ अङ्क र ३ खेल खेलेका साउदी अरेबिया, मलेसिया र हङकङको समान २–२ अङ्क छ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एसिया कप खेल्न पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *