भीमाको शव प्रदेश अस्पतालमै छाडेर फर्किए आफन्त
मातृभूमी संवाददाता । ०५ वैशाख दैलेख
कर्णाली प्रदेश अस्पतालमा पाठेघर सफा गर्न पुगेकी दैलेखकी भीमा गुरुङको मृत्यु भएपछि आफन्तहरुले शव अस्पतालमै छाडेर घर फर्किएका छन् । विभिन्न माग राख्दै प्रदर्शन गरेपनि माग सुनुवाई नभएपछि आफन्तहरुले भीमाको शव नबुझेर आफन्त दैलेख फर्किएका हुन् ।
आमाको मृत्यु भएपछि ८ महिने दुधे नाबालिकाको पालनपोषणका लागि उचित राहत, परिवारका सदस्य मध्ये एक जनालाई रोजगारी, बालिकाको पठनपाठनको ग्यारेण्टी र घटनाको उच्च स्तरिय छानविन समिति गठनको माग राखेर आफन्तले आन्दोलन गरेका थिए ।
तर शान्तिपूर्ण आन्दोलन, धर्ना र पटक-पटक वार्ता छलफल गर्दा पनि अस्पताल प्रशासनले यस विषयलाई गम्भिरता पूर्वक नलिएकाले शव नबुझि घर फर्किएको मृतक भीमाका बुवा गोविन्दबहादुर गुरुङले जानकारी दिए ।
उनले आफ्नो परिवारको सदस्यको अकल्पनिय, अस्वभाविक एवम् असमाहिक मृत्यूका कारण पिंडामा तड्पिरहेको भन्दै गरिव परिवारका मानिस सुर्खेतजस्तो महँगो सहरमा बस्न र आन्दोलन गरिरहन नसक्ने अवस्था भएकाले मृतक भिमाको लाशलाई प्रदेश अस्पतालमै छोडेर आफ्नो घर फर्किन लागेको वताए ।
दैलेखको आठबीस नगरपालिका ५ पिपलकोट घर भएकी २२ वर्षीया गुरुङ हिँडेरै उपचारका लागि कणर्ाली प्रादेशिक अस्पताल सुर्खेत पुगेको र उनको पाठेघर सफा गर्ने क्रममा चैत २९ गते ज्यान गएको थियो ।