महावु गाउँपालिका ३ र ४ जोड्ने छामघाट खोलामा पक्कि पुलको शिलान्यास

मातृभूमी संवाददाता । ०९ वैशाख दैलेख
दैलेखको महावु गाउँपालिका वडा नं. ३ र ४ जोड्ने छामघाट खोलामा निर्माण हुन लागेको पक्कि पुलको शिलान्यास गरिएको छ । महाबु गाउँपालिका ३ बासी र ४ को गिताचौरको बीचमा रहेको छामघाट खोलामा निर्माण हुन लागेको पक्की पुलको आइतवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको हो ।
पक्कि पुल शिलान्यास कार्यक्रममा दैलेख निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य अम्मर वहादुर थापा, दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र नं. २ का कर्णाली प्रदेश सभा सदस्य कृष्ण कुमार वि.सी. र महावु गाउँपालिका दैलेखका कार्यवाहक अध्यक्ष मन्जु कुमारी शर्मा पाण्डेले संयुक्त रुपमा भूमी पुजा गरि पक्कि पुलको शिलान्यास गरेका हुन् ।
पुलको शिलान्यस पछि स्थानीय नागरिकका गुनासा सुन्दै प्रतिनिधी सभा सदस्य अम्मर वहादुर थापाले आफुले निर्वाचनको वेला मतदाताहरु माझ गरेको प्रतिवद्धता र वोलेको कुरा नर्विसेको भन्दै महावु गाउँपालिका सहित दैलेख निर्वाचन क्षेत्र नं. १ का ६ वटै पालिकाको विकासका लागि सदनमा सँधै आवाज उठाईरहने वताए ।
उनले महावु गाउँपालिकाको विकासका लागि आफु कर्णाली प्रदेशको मन्त्रि हुँदा पनि भरपुर प्रयास गरेको र अहिले पनि पालिकाको वृद्धि विकासका लागि दत्तचित्त भएर लागिरहेको वताए । उनले पुल निर्माण कम्पनीलाई कामको गुणस्तरीयतामा कम्परमाईज नगर्न निर्देशन दिदैं स्थानीय नागरिकलाई पनि निरन्तर खवरदारी गर्न अनुरोध गरे ।
यस्तै कर्णाली प्रदेश सभा सदस्य कृष्ण कुमार वि.सी.ले आफ्नो क्षमताले सकेसम्म महावु गाउँपालिकाको विकासका लागि सँधै कटिवद्ध भएर लागिरहने वताए । उनले आफ्नो कार्यकालभरी महावु गाउँपालिकाको समृद्धिका लागि सदनमा आवाज उठाईरहने वताए । प्रदेश सभा सदस्य वि.सी.ले निर्माण कम्पनीलाई छिटोभन्दा छिटो पुल निर्माण कार्य सम्पन्न गर्न निर्देशन समेत दिए ।
यसैगरी महावु गाउँपालिका दैलेखका कार्यवाहक अध्यक्ष मन्जु कुमारी शर्मा पाण्डेले पालिकाको विकास निर्माणमा विषेश सहयोग गर्न प्रदेश सभा सदस्य वि.सी. र प्रतिनिधी सभा सदस्य थापालाई अनुरोध गरिन् । उनले समग्र महावु गाउँपालिकाको विकासका लागि प्रदेश सभा सदस्य र प्रतिनिधी सभा सदस्यको अहम भुमिका रहेको भन्दै आगामी आर्थिक वर्षको वजेटमा महावुलाई विषेश प्राथमिकता दिन सुझाव दिईन् ।
पक्कि पुल शिलन्यास कार्यक्रममा महावु गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत उदयराज उपाध्याय, वडा नं. २ र ४ का वडाध्यक्ष सहित स्थानीय जनप्रतिनिधी, बुद्धिजीवी, पत्रकार लगाएत स्थानीय नागरिकहरुको उपस्थिती रहेको थियो । शिलान्यास कार्यक्रममा प्रतिनिधी सभा सदस्य थापा र प्रदेश सभा सदस्य वि.सी.सँग विभिन्न माग राख्नुका साथै आ-आफ्ना गुनासाहरु राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *