कर्णाली प्रदेश सरकार बिस्तार, शाहले गरे शपथ बहिस्कार

मातृभूमी संवादाता । १८ वैशाख सुर्खेत
कर्णाली प्रदेश सरकार बिस्तार भएको छ । मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले सरकार बिस्तार गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महेन्द्र केसीलाई आर्थिक मामिला तथा योजना, वीरबहादुर शाहीलाई सामाजिक विकास, दुर्गाबहादुर रावतलाई उद्योग, पर्यटन, वन तथा वातावरण र रनसिंह परियारलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जम्मेवारी दिइएको छ ।
यस्तै नेकपा (एमाले)का शेरबहादुर बुढालाई भौतिक पूर्वाधार, विनोद कुमार शाहलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक नियुक्त भएकी छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैंले राखेका छन् ।
यस्तै सांसद विनोदकुमार शाहले शपथ ग्रहण बहिस्कार गर्नुभएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा दाबी गरेका शाहलाई मुख्यमन्त्री यामलाल कँडेलले कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उनले शपथ ग्रहण बहिस्कार गरेका छन् । कर्णाली प्रदेशमा कँडेल र शाहबिच गुटगत राजनीति छ । यस्तै मुख्यमन्त्री कँडेलले शाहकै निर्वाचन क्षेत्रकी सांसद गोमता विकलाई राज्यमन्त्री बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *