जिल्ला प्रशासनमै स्वास्थ्य सेवा

मातृभूमी संवाददाता । १९ वैशाख दैलेख
जिल्ला प्रशासन कार्यालय दैलेखमा सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण सेवा थालिएको छ । सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण गर्ने र आवश्यक औषधि समेत निःशुल्क उपलब्ध गराउन हरेक दिन दिउँसो १२ बजेदेखि २ बजेसम्म सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण सेवा थालिएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले वताए ।
सेवाग्राहीका लागि निःशुल्क स्वास्थ्य परीक्षणमा दैलेख जिल्ला अस्पतालका स्वास्थ्यकर्मी खटिने गरेको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए । सेवाग्राहीहरुलाई सामान्य स्वास्थ्य समस्याहरु उपचार र सल्लाह उपलब्ध गराउन स्वास्थ्य परीक्षण सेवा थालिएको प्रमुख जिल्ला अधिकारी भुसालको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *