दैलेखमा चट्याङ लागेर पाँच जना घाइते


मातृभूमी संवाददाता । २६ वैशाख दैलेख

चट्याङ लागेर पाँच जना घाइते भएका छन् । नौमुले गाउँपालिका वडा नम्बर ६ मा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा परेको चट्याङले घाइते भएका हुन । घाइते हुनेहरूमा शिवशक्ति माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययनरत छात्र बर्ष ९ का विश्व बिकास रावत, बर्ष ९ का याम बहादुर चन्द कक्षा ७ मा अध्ययनरत छात्रा बर्ष १३ की लक्ष्मी गुरुङ सहित दुई जना टिचर रमेश सिह ठकुरी , प्रेमबहादुर चन्द सामान्य घाइते छन् ।

उनीहरू मध्ये विश्व बिकास रावतलाई बढी चोट लागेको नौमुले गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष लाल बहादुर चन्दले जानकारी दिए । चन्दका अनुसार घाइतेको मध्य २ जनाको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बिश्व बिकास रावत लाई जिल्ला अस्पताल दैलेख पठाएको बिकासका बुवा मान बहादुर रावतले बताए । यस्तै विद्यालयको भौतिक संरचनामा समेत क्षति पुगेको वडा अध्यक्ष चन्दले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *