दैलेखमा वजाजको घुम्ति सर्भिस सम्पन्न
मातृभूमी संवाददाता । २८ वैशाख दैलेख
वजाजका मोटर साईकल प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै दैलेख सदरमुकाममा दुई दिने घुम्ति सर्भिस सम्पन्न भएको छ । वजाजका मोटर साईकलको कर्णाली प्रदेशको आधिकारीक विक्रेता असिम अटो पाट्स सुर्खेतले पृथ्वी इन्टरप्राइजेज दैलेखको समन्वयमा ‘मेरो गाउँ, मेरो वजाज’ भन्ने मुल नाराका साथ दैलेख सदरमुकाममा दुई दिने घुम्ति सर्भिस संचालन गरेको हो ।
दुई दिने घुम्ति सर्भिसमा दैलेखका झण्डै एक सय जना भन्दा वढि वजाजका मोटर साईकल प्रयोगकर्ताले सेवा लिएको असिम अटो पाट्स सुर्खेतका संचालक एवं सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका लक्ष्मण कंडेलले वताए । उनले घुम्ति सर्भिसमा मोटर साईकलको सर्वोउत्कृष्ट मुल्य एक्सचेन्ज, फ्रि चेकअप, अन द स्पट फाइनान्सको सुविधा, स्पेयर पाट्समा १० प्रतिशत छुट, लेवर चार्ज निःशुल्क, इन्जिन आयलमा २० प्रतिशत छुट लगाएतका सेवाहरु प्रदान गरिएको वताए ।
यस्तै मोटर साईकल टेस्ट ड्राइभको समेत व्यवस्था गरिएको संचालक कंडेलले वताए । उनले टेस्ट ड्राइभ गर्नेहरु मध्ये दुई दिनमा लक्कि ड्र मार्फत भाग्यशाली २ जनालाई उपहार प्रदान गरिएको वताए । वैशाख २७ गतेका भाग्यशाली प्रकाश पौडेल ‘द लाइट’ र २८ गतेका भाग्यशाली कुमार प्याकुरेललाई उपहार प्रदान गरिएको हो ।