नारायण नगरपालिका वडा नं. ९ को प्रशासकीय भवन उद्घाटन

मातृभूमी संवाददाता । ०१ जेठ दैलेख
नारायण नगरपालिका वडा नं. ९ को प्रशासकीय भवनको मंगलवार एक कार्यक्रमकावीच उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकारका पुर्व उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं प्रदेश सभा सदस्य कृष्ण कुमार बिसीले वडा कार्यालयको प्रशासकीय भवनको उद्घाटन गरेको वडा नं. ९ का वडाध्यक्ष महेन्द्रविक्रम खड्काले जानकारी दिए ।
प्रशासकीय भवनको उद्घाटन गर्दै प्रदेश सभा सदस्य विसीले जुन ढंगले भवन उद्घाटन भयो त्यहि ढंगबाट आम नागरिकले सेवा सहजै पाउनुपर्ने वताए । उनले जुन खालको उत्साहका साथ जनताले निर्वाचित गरे सोही अनुरुप उत्साहजनक काम नभएको भन्दै जन चाहाना अनुसार जनप्रतिनिधीले काम गर्नुपर्ने वताए । जनप्रतिनिधि सबैका साझा भएकाले कुनैपनी आग्रह पुर्बाग्रह नराखी जनातको सेवा गर्नुपर्ने प्रदेश सभा सदस्य विसीको भनाई रहेको थियो ।
यस्तै नाारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ता थापाले नगरपालिकाका सबै वडा कार्यलयका भवन निर्माण गर्ने नीति तथा कार्यक्रममा रहेको र सोही अनुरुप वडा नं. ९ को प्रशासकीय भवन उद्घाटन भएको भन्दै खुसी व्यक्त गरिन् । उपप्रमुख थापाले कार्यालय भवन निर्माण भएको र आगामी दिनहरुमा नागरिकलाई सेवा दिन कुनै कसर वाँकी नराख्न जनप्रतिनिधि तथा कर्मचारीलाई आग्रह गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *