चौध हजार बढीलाई आईपीभी खोप ॥
मातृभूमी संवाददाता । ०२ जेष्ठ दैलेख
चौध हजार बढी बालबालिकाहरूलाई आईपीभी खोप लगाइने भएको छ । जेठ १३ देखि २६ गतेसम्म देशव्यापीरुपमा सञ्चालन हुन लागेको आईपीभी खोप अभियान अन्र्तगत दैलेखमा १४ हजार ३ सय बालबालिकालाई खोप लगाईने छ । राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत दैलेखमा आईपीभी खोप अभियान जेठ १३ गतेदेखि तीन चरणमा यहाँका ११ वटै स्थानीय तहमा सञ्चालन गरिने स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीले वताए ।
दैलेखका चौध हजार तीन सय बालबालिकालाई पोलियो भाइरस विरुद्धको आईपीभी खोप लगाइने खोप अधिकृत रेग्मीले वताए । तीन चरणमा सञ्चालन हुने खोप अभियान अन्र्तगत पहिलो चरणमा जेठ १३ देखि १५ गतेसम्म नारायण नगरपालिका, महाबु, भैरवी र नौमूले गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ । दोस्रो चरणमा जेठ १५ देखि १७ गतेसम्म गुराँस, डुंगेश्वर र भगवतिमाई गाउँपालिकामा खोप अधिकृत रेग्मीले वताए ।
यस्तै, तेस्रो चरणमा आठबीस, चामुण्डाविन्दासैनी र दुल्लु नगरपालिका तथा ठाटिकाँध गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जनाइएको छ । खोप अभियान अन्र्तगत २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका ५ देखि ८ वर्ष उमेर समूहका बालबालिकालाई मात्र आईपीभी खोप लगाइने लक्ष्य राखिएको छ ।