नेपालगन्जका क्लिनिक तथा अस्पतालहरुमा दैलेखीहरुलाई उपचार खर्चमा केहि सहुलियत हुने
मातृभूमी संवाददाता । ०५ जेष्ठ दैलेख
दैलेख जिल्लाका स्थानीय तहहरुले सिफारीस गरी पठाएमा नेपालगन्जका क्लिनिक तथा अस्पतालहरुमा उपचार खर्चमा केहि सहुलियत हुने भएको छ । दैलेखी समाज वाँके र नेपालजन्जमा रहेका विभिन्न १५ वटा क्लिनिक तथा अस्पतालहरुसँग सहुलियतका लागि सम्झौता भएको हो ।
दैलेख जिल्लावाट उपचारका लागि नेपालगन्ज पुग्ने विरामीहरु अशक्त, असहाय, एकल, आर्थिक स्थिति कमजोर भएका विरामीहरुको पहिचान गरी स्थानीय तहहरुले सिफारिस पत्र लेखी पठाएमा उक्त उपचार खर्चमा केही सहुलियत गर्ने गरी विभिन्न १५ वटा क्लिनिक तथा अस्पतालहरुसँग सम्झौता भएको दैलेखी समाज वाँकेका पुणर्देव गिरीले वताए ।
गिरीका अनुसार नेपालगन्जका ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा, नेपालगंज मेडीकल कलेज बिपि चोक, ज्ऋच्ऋ अस्पताल चारवाहीनी रोड, मध्यपश्चिम पोलिक्लिनिक टाँगा स्टेशन र भिजन आंखा अस्पताल मेडीकल कलेज अगाडी, सुर्खेत रोडसँग सहुलियत र केहि प्रतिशत छुटका लागि सम्झौता भएको छ ।
यस्तै कोहलपुर हेल्थ केयर औद्योगिक क्षेत्र अगाडी सुर्खेत रोड, मनमाया मेमोरयिल फिजियो केयर गणेशमान चोक, कान्ति आरोग्य अस्पताल कृर्षी विकास बैंक अगाडी धम्बोझी, मलमपट्टी क्लिनिक चारवाहीनी रोड र प्रकाश अस्पताल प्रा.लि. पाशाङ्ग ल्हामु मार्गसँग पनि सम्झौता भएको छ ।
यसैगरी आर्युवेदिक जनरल अस्पताल आर्दशनगर, केयर सिटी अस्पताल भुजईगांउ, फिजियो केयर सेन्टर न्युरोड, बांके डेण्टल क्लिनिक बिपि चौक सुर्खेत रोड र सागर क्लिनिक ट्रमा सेन्टर गणेशमान चोक सुर्खेत रोडसँग पनि सम्झौता भएको जनाईएको छ । यस विषयमा जानकारी लिनका लागि दैलेखी समाज वाँकेका पूणर्देव गिरी (मो. ९८५८०४८१११) र गणेश बहादुर खड्का (मो. ९८४४८५११९१) सँग सम्पर्क गर्न सकिने छ ।