माग सुनुवाइ भएन, ताला खुल्यो


मातृभूमी संवाददाता,०७ जेष्ठः

दैलेखकाे डुुंङ्गेश्रर गाउँपालिका ४ को कार्यालय सहयोगी परीक्षामा अनियमितता भएको भनी प्रतिस्पर्धीहरुले लगाएको ताला प्रहरीले जबरजस्ती खोलेको आरोप लगाएका छन् । माग सुनुवाइ नभई ताला खोलिलेको दुख लागेको प्रतिस्पर्धी मोहन बुढाले बताए ।

वडाध्यक्ष नगेन्द्र बहादुर बुढाले पक्षपाती तरिकाले प्रेम बहादुर बुढालाई पास गराएको विषयमा हाम्रो असहमती भएपछि ताला लगाएको र माग बारे छलफल नै नगरी प्रहरी टोलीले छलफल गरौं भनी बोलाएर ताला खोल्यो उनले बताए ।

पहिलेका कार्यालय सहयोगी गएको फागुन २२ गते ६० वर्षे उमेर हदको कारण अनिवार्य अवकाश भएपछि गाउँपालिकाले प्रकाशन गरेको सूचना अनुसार दरखास्त दिएका १४ मध्ये ११ जनाको मौखिक परीक्षा भएकै दिन जेठ ४ गते प्रकाशित गरेको नतिजामा प्रतिस्पर्धीहरुले असहमती जनाएका छन् ।

वडाध्यक्ष नगेन्द्रबहादुर बुढाले नाति प्रेमबहादुर बुढालाई पास नगराए मैंले वडाध्यक्ष पदबाट राजीनामा दिनुपर्ने हुन्छ भनी परीक्षा समितिलाई प्रभावमा पारेको परीक्षाको विहान सुन्नमा आएको नभन्दै नतिजा पनि त्यही आयो, पक्षपात प्रष्ट देखियो स्थानीय नगेन्द्र थापाले टिप्पणी गरे ।

जसलाई गराउदै छन् भन्ने हल्ला थियो, त्यही व्यक्ति पास गराएको भनी डुुंङ्गेश्रर गाउँपालिक४ को कार्यालय सहयोगी परीक्षा नतिजामा असहती जनाएका परीक्षार्थीहरुले वडा कार्यालयको मूलगेट र कार्यालयमा ताला लगाएका थिए ।

परीक्षा नतिजा निस्केकै दिन सुर्खेत पुगेका वडाध्यक्ष बुढाले प्रहरी सहित कार्यालय खुलाएका छन् । यसबारे सोध्दा वडाध्यक्ष बुढाले प्रतिक्रिया दिए ताला खुलिसकेको र बाँकी कुरा पछि गरौंला भनेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *