खोलामा डुबेर वालकको मृत्यु
मातृभूमी संवाददाता । १५ जेष्ठ दैलेख
दैलेखमा पौडि खेल्ने क्रममा खोलामा डुबेर एक वालकको मृत्यु भएको छ । महावु गाउँपालिका ३ घर भई हाल दैलेख सदरमुकामको नयाँ वजार वस्दै आएका चन्द्र बहादुर शाहीका १३ वर्षिय वालक भुवन वहादुर शाहीको पौडि खेल्ने क्रममा खोलामा डुवेर मृत्यु भएको हो ।
स्थानीय लोहोरे खोलाको गैरी भन्ने ठाउँमा पौडि खेल्ने क्रममा डुवेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुनिल दाहालले जानकारी दिए । मंगलवार दिउँसो ३ वजे डुवेका वालकको स्थानीय र प्रहरीकाे सहयोगमा खोजी गर्दै जाँदा एक घण्टा पछि मृत अवस्थामा फेला परेको डिएसपी दाहालले जानकारी दिए । मृतककाे शव पोष्टमार्टमका लागि दैलेख अस्पताल ल्याईएको छ ।