कर्णालीकाे उत्थानमा योगदान गर्न दैलेखमा नागरिक संवाद कार्यक्रम
मातृभूमी संवाददाता । २७ जेष्ठ दैलेख-
दैलेखमा ‘कर्णालीकाे उत्थानमा योगदान गर्न आग्रह’ विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाज दैलेख आयोजनामा ‘कर्णालीकाे उत्थानमा योगदान गर्न आग्रह’ विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको हो ।
मानव अधिकार तथा शान्ति समाज दैलेखका सभापति इन्द्र बहादुर खत्रीको अध्यक्षता तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष रामकृष्ण बरालको प्रमुख अतिथ्यतामा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको हो । नागरिक संवादमा केन्द्रिय अध्यक्ष वरालले कर्णाली उत्थानमा योगदान गर्न आग्रह सहितको अपिल समेत गरेका थिए ।