संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत दैलेख अस्पताललाई वाटर प्युरीफाई हस्तान्तरण
मातृभूमी संवाददाता । २८ जेष्ठ दैलेख
सिद्धार्थ बैंक दैलेख शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जिल्ला अस्पताल दैलेखलाई वाटर प्युरीफाई हस्तान्तरण गरेको छ । सिद्धार्थ बैंक दैलेख शाखाले आज एक कार्यक्रम गरेर संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जिल्ला अस्पताल दैलेखलाई वाटर प्युरीफाई हस्तान्तरण गरेको हो ।
संस्थागत उत्तरदायित्व अन्र्तगत जिल्ला अस्पताल दैलेखमा आम सेवाग्राहीहरुले शुद्ध पानी पिउन सहज होस् भन्नका लागि वाटर प्युरीफाई हस्तान्तरण गरेको सिद्धार्थ बैंक दैलेख शाखाका शाखा प्रमुख रोशनराज दाहालले जानकारी दिए ।
बैंकका दैलेख शाखा प्रमुख दाहालका अनुसार बैंकले प्रत्येक वर्ष संस्थागत उत्तरदायित्व अन्र्तगत विभिन्न कामहरु गर्दै आईरहेको वताए । उनले आगामी दिनहरुमा पनि बैंकले संस्थागत उत्तरदायित्व अन्र्तगत सामाजिक सेवाका कामहरु गर्ने वताए ।