८४ जना दलित वालिकाहरुलाई छात्रवृत्ति वितरण


मातृभूमी संवाददाता । ३१ जेठ दैलेख-
कर्णाली प्रदेशका ६ जिल्लामा अति बिपन्न परिवारका ८४ जना दलित वालिकाहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । “छोरी पढाऔँः गरिमा बढाऔँ’’ भन्ने नाराका साथ मानव अधिकार तथा शान्ति समाजका सदस्य र अन्य व्यक्तिहरुकोे सहयोगमा छात्रवृत्ति वितरण गरिएको हो ।

दैलेख लगाएत कर्णाली प्रदेशका बिभिन्न जिल्लाका ८४ जना दलित वालिकाहरुलाई प्रती व्यक्ति १२ हजारका दरले छात्रवृत्ति वितरण गरिएको मानव अधिकार तथा शान्ती समाज दैलेखका सभापति इन्द्र खत्रीले जानकारी दिए । मानव अधिकार तथा शान्ती समाज दैलेखका सभापती खत्रीले छात्रवृत्ति वितरण कार्यक्रकमा सहयोग गर्ने सदस्यहरुलाई धन्यावाद समेत दिए ।

छात्रवृत्तिको सहयोगले गर्दा वालिकाको पढाईमा केही सहजता हुने सभापती खत्रीले बताए । उनले गरिव तथा विपन्न दलित वालिकाहरुलाई राज्यको मुल प्रवाहिकरणमा ल्याउनका लागि छात्रवृति कार्यक्रम अघि सारिएको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *