उपसभापति खड्काद्वारा पेट्रोलियम अन्वेषण स्थलको अनुगमन

उनले लुइँटेलले हालसम्म २ सय ९६ मिटर ड्रिलको काम सकिएको जानकारी दिए । उनका अनुसार चार हजार मिटर सम्म ड्रिल गर्ने तयारी छ । ‘चार देखि ६ महिनासम्म ४ हजार मिटर ड्रिल गर्ने लक्ष्य लिएका र ‘हालसम्म २ सय ९६ मिटर ड्रिलको काम सकिएको बताए । लुइँटेलका अनुसार ड्रिलिङका लागि आवश्यक पाइपहरु तयारी अवस्थामा रहेकाले अव काम चाँडो हुने बताए ।
उनले अहिलेनै जमिनमनि पेट्रोलियम पदार्थ कति छ भनेर भन्न नसकिने बताए । पेट्रोलिय पदार्थ अन्वेषणका लागि सन् २०२५ फेब्रुअरीसम्म म्याद थप गरिएको छ । चिनीयाँ टोलीले सुरुमा दैलेखका विभिन्न २५ स्थानमा ड्रिलिङको काम गरेको थियो । त्यसपछि हालको जलजले क्षेत्रमा पेट्रोलियम भण्डारण रहेको अनुमानसहित काम सुरु गरिएको हो ।
सो क्रममा पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका खड्काले पेट्रोलियम पदार्थ अन्वेषणमा तीन वटै तहका सरकारको साथ र सहयोग रहेको बताए । उनले अन्वेषणको हालसम्मको काम सन्तोषजनक रहेको बताउँदै तोकिएकै समयमा ड्रिलिङको काम पूरा गर्न आग्रह गरे । उपसभापति खड्कासँगै प्रदेश सांसद र स्थानीय नेताहरु पनि पेट्रोलियम अन्वेषणस्थलको अनुगमनका लागि जलजले पुगेका थिए ।