दैलेखमा विश्व रक्तदाता दिवस मनाईयो
मातृभूमी संवाददाता । ३२ जेठ दैलेख
विश्व रक्तदाता दिवस दैलेखमा पनि मनाईएको छ । रक्तदान सम्बन्धी सचेतना तथा रक्त समूह पहिचान कार्यक्रम गरी दिवस मनाईएको हो । जेसीआई दैलेख वर्ष २०२४ को आयोजना तथा स्वास्थ्य सेवा कार्यालय दैलेख र बास नेपाल दैलेख शाखाको सहयोगमा स्वयंमसेवी रक्तदाता संगठन दैलेख, ब्लड फर नेपाल र कणर्ाली युथ फर ब्लडको समन्वयमा दिवस मनाईएको हो ।
दैलेखको देवकोटा चोकमा भएको कार्यक्रममा ६९ जनाको समुह पहिचान गरिएको थियो । दैलेख टेक्निकल स्कुल दैलेखमा ल्याव टेक्निसियन दोस्रो वर्ष अध्ययन गरिरहेका विद्यार्थी र जिल्ला अस्पताल दैलेखका स्वास्थ्यकर्मीले रगत समुहको पहिचान गरेका हुन् ।
हरेक बर्ष जून १४ का दिन मनाईने विश्व रक्तदाता दिवसको अवसरमा जिल्लामा ब्लड बैंक नभएका कारण ग्रुपिङ गरी रेकर्ड राख्ने र आवश्यक परेको खण्डमा सहयोग लिने दिने र रक्तदान सम्बन्धी सचेतना फैलाउन कार्यक्रमको आयोजना गरिएको जेसीआई दैलेख वर्ष २०२४ का अध्यक्ष प्रकाश कुमार वुढाले वताए । विश्व रक्तदाता दिवस सन् २००४ देखि मनाउन थालिएको हो ।
जेसीआई दैलेख वर्ष २०२३ का अध्यक्ष जेसी भिम सिजापतिले संचालन गरेको कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाही, दैलेखका अग्रज पत्रकार अमर सुनार, नेपाली कांग्रेस दैलेखका सभापति मणीराम रेग्मी, नारायण नगरपालिका १ का वडाध्यक्ष सन्देश श्रेष्ठ, ठाँटिकाँध गाउँपालिका ३ र आठवीस नगरपालिका ९ का वडाध्यक्ष लगाएत स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. धर्मराज रेग्मी लगाएतका वक्ताहरुले आ-आफ्नो भनाई राखेका थिए ।