चामुण्डाविन्द्रासैनीमा नारा जुलुश, नगर सभा स्थगित

मातृभूमी संवाददाता । १० असार दैलेख
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा नगर सभा स्थगित भएको छ । नगर सभा उद्घाटन भए लगत्तै नेपाल मजदुर किसान पार्टी र नेकपा (एमाले) बाट प्रतिनिधित्व गर्ने नगर सभा सदस्यहरुले नारा जुलुश गरेपछि सभा स्थगित भएको हो ।
नेमकिपा र एमालेबाट नगर सभामा प्रतिनिधित्व गर्ने सदस्यहरुले बजेट बाँडफाडमा अनियमितता गरेको भन्दै नगर सभा रोक्न नारा जुलुश गरेका हुन् । नगर सभा असार १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।
नगर सभा हुनुअघि कार्यपालिकाको बैंठकबाट बजेट लगायतका विषयमा हुनुपर्ने छलफल समेत नगरि सिमा निर्धारण समितिले बजेट बडामा पठाएको भन्दै आफुले विरोध गर्नुपरेको चामुण्डाविन्द्रासैनी नगरपालिका ७ का वडाध्यक्ष ईन्द्र चौलागाईले बताए ।
उनले बलमिच्याँई तरिकाले सभा चलाउन खोजेपछि आफुहरुले रोकेको र नगर सभाका सदस्यहरुलाई ७ दिन अघि नै बोलाउनु पर्नेमा नबोलाईएको आरोप लगाए । वडाध्यक्ष चौलागाँईले नगर सभामा आफुहरुलाई प्रहरी लगाएर प्रवेशमा रोक लगाईएको दुखेसो गरे ।
सहमति सहकार्यबाट अगाडी बढ्नुपर्छ भन्ने चाहना हुँदा हुँदै पनि सहमति विना नगर सभा तानाशाह प्रवृती एकल रुपमा उद्घाटन गरेको वडा नम्वर ५ वडाध्यक्ष हरिप्रसाद शर्माले आरोप लगाए । वडाध्यक्ष शर्माले आफुखुसी नगर सभा चलाउन खोजेको भन्दै सहमति अनुसार बजेट बाडँफाड भएमा सभा सञ्चालन हुने वताए ।
असार ७ गतेदेखि कार्यपालिका बैठक चलेको छ । त्यहाँ केही कार्यपालिका सदस्यहरु सहभागी नहुँने निणर्य गरेको र ज्ञापनपत्र मार्फत नगरसभा स्थगनको माग समेत केही कार्यपालिका सदस्यले गरेको पाईएको छ ।
नगर सभा उद्घाटनपछि नाराजुलुशसहित नगर सभा सदस्यहरुको विरोधपछि १८ गतेसम्मलाई स्थगित गरिएको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर उपप्रमुख मनसरा कुमारी शर्माले बताईन् । नगर सभा स्थगन भएपछि सहमति खोज्ने प्रयासहरु भईरहेको शर्माको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *