नारायण नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
मातृभूमी संवाददाता । १० असार दैलेख
दैलेखको नारायण नगरपालिकाले १४ औं नगर सभाबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्मा आगामी आर्थिक वर्ष २०८१/८२ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नगरपालिकाले आगामी बजेटमा पालिकाको मुख्य क्षेत्रमा सिसि टिभि क्यामरा जडान गरिने बताए । उनले अधुरा रहेका योजनालाई प्रथामिकतामा राखेर काम गरिने जानकारी दिए । नगर क्षेत्र भित्रका विद्युत, टेलिफोन, केबुल लाईन इन्टरनेटका तारहरुलाई चरणबद्ध रुपमा भूमिगत गर्दै लैजाने कार्यलाई प्रथामिकताका साथ काम गरिने समेत बताए ।
शिक्षा, स्वास्थ्य, सिपमुलक तालिम, खानेपानीका धाराहरु मर्मत, कृषि तथा पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकतामा राखेर योजना बनाएको उनको भनाई रहेको छ । नारायणले स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै सम्पूणर् नागरिकलाई सहज पहुँच बनाउन उत्पेरणा कार्यक्रम संचालन गरि वडामा मार्फत निरन्तरता दिइने बताए ।
यस्तै त्रिबेणी स्वास्थ्य चौकीलाई ५ सैयाको अस्पताल संरचानको लागी १ जना मेडिकल अधिकृत र स्टाफ नर्सको व्यवस्था गरि सेवालाई प्रभावकारी बनाईने उनले जानकारी दिए । नगरपालिकाले निति तथा बजेट कार्यक्रममा कृषी, स्वास्थ्य, शिक्षा, पर्यटन प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेको बताए ।