महिला भलिवल प्रतियोगिताको उपाधी जाजरकोटको पोल्ठामा
मातृभूमी संवाददाता । १० असार दैलेख
कर्णालि प्रदेश स्तरीय महिला भलिवल प्रतियोगिताको उपाधी जाजरकोटले जितेको छ । दैलेखको नौमूले गाउँपालिमा संचालन भएको प्रदेश स्तरीय महिला भलिवल प्रतियोगिताको उपाधी जाजरकोटले जितेको हो ।
घरेलु मैदानमा भएको फाइनल खेलमा दैलेख जाजरकोटसँग ३-० को सोझो सेटमा पराजित भएको हो । जाजरकोटले सल्यानलाई र दैलेखले कालिकोटलाई हराएर फाइनल खेलेका हुन् । फाइनलमा दैलेख जाजरकोटसँग ३-० को सोझो सेटमा पराजित भएको पत्रकार विशाल सुनारले वताए ।
कर्णालि प्रदेश खेलकुद परिषद्, दैलेख जिल्ला खेलकुद् विकास समितिको आयोजना तथा नौमुले गाउँपालिका दैलेखको समन्बयमा संचालन भएको खेल यहि असार ८ गतेवाट सुरु भएको थियो । आगामी मंसिर १ देखि कर्णालिमा हुने १० औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि महिला भलिबलका लागि छनौट खेल भएकाे छ ।