दैलेखका पाँच स्थानीय तहमा ‘पोषण’ कार्यक्रम
मातृभूमी संवाददाता । ०२ श्रावण दैलेख
दैलेखका पाँच वटा स्थानीय तहमा पोषण कार्यक्रम सञ्चालन हुने भएको छ । आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले दैलेखको गुराँस गाउँपालिका, डुंगेश्वर गाउँपालिका, भगवतीमाई गाउँपालिका, ठाँटिकाँध गाउँपालिका र आठबीस नगरपालिकामा पोषण कार्यक्रम सञ्चालन हुने भएको हो ।
केयर नेपाल र आडिई नेपालसँगको साझेदारीमा एभरेस्ट क्लब दैलेखमार्फत पाँच वटा स्थानीय तहमा पोषण कार्यक्रम सञ्चालन हुने एभरेस्ट क्लब दैलेखका कार्यकारी निर्देशक दीपक कुमार शाहीले बताए । कार्यक्रमले आमा र बच्चाको पोषण स्थिति सुधार्न महत्त्वपूणर् भूमिका खेल्ने निर्देशक शाहीको भनाई छ ।
दैलेखका ११ वाट स्थानीय मध्य आमा र बच्चाको पोषण स्थितिको अवस्था अध्ययन गरेर पाँच वटा स्थानीय तहमा पोषण परियो जना लागु गरिएको जनाइएको छ । आमाको अवस्था बच्चाको अवस्था लगायत खाद्यान्न र बच्चामा देखिएको ख्याउटेपनको अवस्थालाई अध्ययन गरी तत्कालका लागि पाँच वटा स्थानीय तहमा परियोजना सञ्चालनमा लगिएको शाहीको भनाई छ ।
प्रत्येक स्थानीय तहमा २५ वटा आमा समूह मार्फत पाँच सय घर दुरीका आमा र बच्चामा पोषण कार्यक्रम दश महिनाका लागि सञ्चालन हुनेछ । पहिलो दश महिना अवधिको कार्यक्रमले सफलता पाए यसलाई निरन्तरता दिइने जनाइएको छ ।
यस्तै, परियोजना शुभारम्भ कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दैलेखका उप-प्रमुख केशव बहादुर शाहीले परियोजनाले उद्देश्य अनुसार काम गर्नुपर्ने बताए । उनले आमा र बच्चामा देखिने पोषण समस्यालाई समाधान गर्नु सबैको दायित्व हुने बताए ।
दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सरकार र साझेदार संस्थाले परिवर्तनमा महत्वपूणर् भूमिका खेल्दै आएको बताए । उनले बालविवाह लगायतका समस्या अझै कायम रहेकाले यसको रोकथामका लागि सबै स्थानीय तह एक भएर लाग्नुपर्ने बताउँदै आमा र बच्चाको पोषण सुधारका लागि परियोजनाले उद्देश्य अनुसार काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले कणर्ालीमा सामाजिक संघ संस्थाहरूले परिवर्तनका लागि राम्रो काम गर्दै आएका बताए । उनले कणर्ालीका जनताले पोषणको महत्व नबुझेकाले यसलाई तल्लो जनस्तरसम्म लैजानुपर्नेमा जोड दिए ।
आठबीस नगरपालिकाका नगर प्रमुख तर्कबहादुर बडूवालले समाजमा नकारात्मक कुरा बढी प्रचारमा आउने गरेकोप्रति चिन्ता व्यक्त गरे । उनले परिवर्तनमा बुझाइले प्रभाव पार्ने भएकाले समय अनुसार केही परिवर्तन हुँदै गएकाले सबै कुरा एकै पटक नहुने बताए ।