दैलेखमा विषालु च्याउ खाँदा एकै परिवारका ४ जना विरामी
मातृभूमी संवाददाता । १० श्रावण दैलेख
दैलेखको डुङ्गेश्वर गाँउपालिकामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी भएका छन् । जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा डुङ्गेश्वर गाउँपालिका वडा २ लाकुरीका चार जना विरामी भएका हुन् ।
विषालु च्याउ पकाएर खाँदा ३० वर्षिया अमृता बिक, उनका १३ बर्षीया छोरी मिना बिक, ९ वर्षीया छोरी रन्जना बिक, बर्ष ५ वर्षीया छोरी सर्मिला बिक रहेको डुङ्गेश्वर गाउँपालिका २ का वडाध्यक्ष याम बहादुर बिष्टले बताए ।
च्याउ खाएदेखि नै उनीहरु बिरामी भएको वडाध्यक्ष विष्टले वताए । च्याउ खाएपछि लगातार बान्ता भएको वडाध्यक्ष विष्टको भनाई छ । उनीहरु चारै जनालाई गएराति नै जिल्ला अस्पताल दैलेखमा भर्ना गरि उपचार भैरहेको छ ।