वडामै सामाजिक सुरक्षा भत्ता वितरण

मातृभूमी संवाददाता । ११ श्रावण दैलेख
दैलेखको नारायण नगरपालिका ११ बिध्यावासिनीमा रहेका १ सय ३६ जना जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति अशक्त ब्यक्तीहरुलाई वडामै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । प्रभु बैंक दैलेख शाखाको समन्वयमा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरण गरिएको हो । विगतमा जिल्ला सदरमुकाममै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको भएपति जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति अशक्त ब्यक्तीहरुको समस्यालाई मध्यनजर गर्दै गाउँ घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको नारायण नगरपालिका वडा नं. ११ का वडाध्यक्ष दिर्घ वहादुर मल्लले जानकारी दिए ।
विगतमा सदरमुकाम सम्म पुगेर सामाजिक सुरक्षा भत्ता लिन जान निकै गाह्रो हुने, दिनभरी लाइनमा बस्नु पर्ने बाध्याता रहेको भन्दै अहिले आफ्नै वडा कार्यालयमै रकम बुझ्न पाएको स्थानीय बालकुमारी कामीले वताए । वृद्धवृद्धालाई सदरमुकाम सम्म पुग्न निकै ठिन हुने र यातायातको सहज पहुँच नहुँदा ढिलोगरी सदरमुकाम पुगेपछि वैंकमा दिनभरी लाइनमा बस्नु पर्ने वाध्यता रहेको भन्दै गाउँमै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दा सहज भएको स्थानीय सरस्वती बिष्टले वताईन् ।
स्थानीय तहको निर्वाचनवाट निर्वाचित भएर आईसकेपछि जनताको काममा लागि दिनरात खटिएको नारायण नगरपालिका ११ का वडाध्यक्ष दिर्घ बहादुर मल्लले वताए । वडाका नागरिकको समस्यालाई मध्यनजर गर्दै सदरमुकाममा रहेको प्रभु बैंकसँगको समन्वयमा वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको र आगामी दिनहरुमा पनि यस कामलाई निरन्तरता दिने वडाध्यक्ष मल्लले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *