दैलेखमा खोलाले बगाएर २ किशोरीको मृत्यु

मातृभूमी संवाददाता । ११ श्रावण दैलेख
दैलेखमा खोलाले बगाएर २ जना किशोरीको मृत्यु भएको छ । महाबु गाउँपालिका ३ बाँसीका १५ वर्षीया सपना बुढा र १३ वर्षीया भावना बुढाको खोलाले वगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए ।
सपना फुपू र भावना भतिजी हुन् । गाई-बाख्रा चराउन गोठाला गएका उनीहरू छामघाट खोलाको को कुण्टा भन्ने रहमा पौडी खेल्दै गर्दा बगेको स्थानीय विष्णु वुढाले वताएका छन् । काफल खेत नजिक सपनाको र जडेपिपल नजिक भावनाको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरू मालिका मावि बाँसीमा कक्षा ९ मा अध्ययनरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *