स्थापना दिवसको अवसरमा निःशुल्क तालिम
मातृभूमी संवाददाता । १६ श्रावण
दैलेखः रेडियो मातृभूमि एफ एम ९६.५ मेगाहर्ज दैलेखले आफ्नो स्थापना दिवसको अवसरका आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको छ ।
आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा मङ्गलवारबाट ३ दिने निःशुल्क आधारभूत पत्रकारिता सञ्चालन गरेको रेडियोका स्टेशन मेनेजर अमर सुनारले बताए । दैलेखको इतिहासमा छोटो समयमा आफ्नो स्थान ओगटना सफल भएको रेडियोले पिछडिएका र सूचनाबाट वञ्चित जनसमुदाय र जनताको अधिकार जनताकै आवाजको रूपमा बोल्दै सञ्चार माध्यमको स्थापना गर्ने उद्देश्यले २०७८ श्रावण १५ स्थापना भएको रेडियोले १८ घण्टा प्रसारण भइरहेको छ । ५ सय वाट क्षमताको रेडियो कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भू-भागहरूका साथै अनलाइन मार्फत विश्वभर इन्टरनेटको सुविधा भएको ठाउँमा सुन्न सकिन्छ ।
मङ्गलवार स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दैलेखका समन्वय प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि नवराज शाहीले रेडियोले हरेक मानिसलाई सूचनामा नजिक बनाएको बताए । उनले रेडियो शुभकामना दिँदै रेडियोले पछाडि फेरेका नागरिकको आवाज बोल्नुपर्ने धारण राखे । नेपाली काँग्रेसका सभापति मणिराम रेग्मीले रेडियो सञ्चालन गर्ने निकै चुनौती हेरेकोले स्थानीय सरकार तथा संघ संस्थाहरूले आफ्ना सूचना तथा विज्ञापनहरू जिल्ला भित्रकै सञ्चार माध्यमालाई दिन अनुरोध गरे । कार्यक्रमको समापनमा बोल्दै दोस्रो वार्षिक उत्सव तथा निःशुल्क रेडियो उद्घोषण तथा आधारभूत पत्रपत्रिका तालिमका सभा अध्यक्ष भिम सिजापतिले रेडियोको स्थापन देखि हाल सम्म सहयोग गर्ने सम्पुर्णलाइ धन्यवाद दिए । उक्त कार्यक्रममा स्थानीय तहका प्रतिनिधि तथा जिल्ला स्थित सञ्चारकर्मीहरू तथा सरकारी कार्यालयका प्रतिनिधिहरूले रेडियोलाई शुभकामा दिए ।
तिन दिनसम्म सञ्चालन हुने तालिमको सहजिकरण अग्रज पत्रकार अमर सुनारले गरेका छन् । पहिलो दिनको तालिममा सहभागीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफूहरूले तालिमबाट पत्रकार पत्रकारिता तथा रेडियोमा बोल्दा कस्ता भाषाको प्रयोग गर्ने भन्ने अपेक्षा सहित तालिम लिन आएको बताएका छन् ।