क्षयरोगवाट दैलेखमा राउटे युवकको मृत्यु

मातृभूमी संवाददाता । ०३ असोज दैलेख
क्षयरोगवाट एक जना राउटे युवकको मृत्यु भएको छ । २२ बर्षिय बृषबहादुर शाहीको क्षयरोगवाट मृत्यु भएको हो । गएको भदौं ३१ गते उपचारको लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । उनको उपचार सम्भव नभएपछि राउटे समुदाय बसोबास गरेको स्थान गुराँस गाउँपालिका १ सिमेसाल फर्किदै गर्दा राउटे युवकको वुधवार राती ९ बजे सुर्खेतको कल्यानकाँधमा मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद विसी जानकारी दिए ।
विसीका अनुसार मृतक शाही विगत ६ महिना देखी विरामी थिए । उपचार गर्न नमाकेको र सम्झाई बुझाई गर्दा बल्लतल्ल गएको भदौं ३१ गते उपचार गर्न सहमति जनाएसँगै उनलाई प्रदेश अस्पताल सुर्खेत लगिएको स्वास्थ्यकर्मी विसीले जानकारी दिए । गुराँस गाउँपालिकाको सहयोगमा प्रदेश अस्पताल सुर्खेत लगेर खगार चेक गर्दा क्षयरोग (टिवी) रोग देखिएको स्वास्थ्यकर्मी विसीले वताए । उपचारमा संलग्न चिकित्सकले सरुवा टिवी भएको जानकारी दिएका छन् । क्यान्सर पो होकी भनेर मासु लिएर चेक गर्न खोज्दा राउटे समुदाय मन्जुर नहुँदा अस्पतालले डिस्चार्ज गरिदिएपछि फर्किदै गर्दा बाटोमा मृत्यु भएको हो ।
मृतक युवक कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साँईला सन्तान हुन् । यस अघि उनका दाजु कपिल शाहीको ६ बर्ष अघि मृत्यु भएको थियो । २०७२ सालमा कपिल अछामको भैरवस्थानको कुजेडामा आगोले पोलिएका थिए । कपिल वीरबहादुर शाहीका जेठा छोरा हुन् । मृतक वृषबहादुर शाहीसँगै राउटेको जनसंख्या घटेर १३४ मा झरेको छ । हाल यो समुदाय गुराँस गाउँपालिका १ को सिमेसालमा बसोबास गरिरहेका छन् । २०७५ असार यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको मात्र जन्म भएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *