युवा लोक सांगितिक कार्यक्रम सम्पन्न
मातृभूमी संवाददाता । ०२ कात्तिक दैलेख
दैलेखको भगवतीमाई गाउँपालिकामा प्रथम पालिका स्तरीय युवा लोक सांगितिक कार्यक्रम २०८१ सम्पन्न भएको छ । नेपाली मौलिक कला र संस्कृतिको जगेर्ना, पुस्तान्तरणका लागि हाम्रो साझा अभियान भन्ने मुल नाराका साथ गाउँपालिकाको वेस्तडा वजारमा प्रथम पालिका स्तरीय युवा लोक सांगितिक कार्यक्रम २०८१ सम्पन्न भएको हो ।
भगवतीमाई गाउँपालिका गाउँ युवा परिषद् वेस्तडाको आयोजना, भगवतीमाई गाउँपालिका स्तरीय युवा क्लव संजालको सममन्वय तथा वाईजी इन्टरटेन्मेन्ट, युवालय र अक्सफामको सहकार्यमा कार्यक्रम संचालन गरिएको हो । प्रथम पालिका स्तरीय युवा लोक सांगितिक कार्यक्रम २०८१ म डुंगेश्वर गाउँपालिका र भगवतीमाई गाउँपालिकाका विभिन्न कला, संस्कृतिहरु प्रदर्शन गरिएको थियो ।
लोपोन्मुख, पैचरी नाच र पन्चेवाजा युवा पुस्ताहरुलाई हस्तान्तरण गर्ने उद्देश्यले भगवतीमाई र डुङ्गेश्वर गाउँपालिकामा युवालयले विभिन्न तालिमहरु समेत संचालन गरेको युवालयका पुजा कार्किले जानकारी दिईन् ।
युवालयले विभिन्न संघसंस्थासँग मिलेर गरेको कार्य र युवा लोक सांगितिक कार्यक्रमको उद्देश्यका विषयमा युवालयका सिर्जना वुढाथोकीले प्रकाश पारेकी थिईन् । कार्यक्रमको उद्घाटन भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मिना खड्काले गरेकी थिईन् ।