स्थानीय सरकारको सक्रियता जरुरीः साँसद मल्ल
मातृभूमी संवाददाता । ०६ कात्तिक दैलेख
राष्ट्रिय सभाका साँसद सावित्री मल्लले नागरिकहरुको अधिकार प्रत्याभूती गराउन स्थानीय सरकारको सक्रियता जरुरी रहेको बताईन् । एईआईएनको सहयोग तथा इन्सेक, गैसस महासंघ, युवा मानव अधिकार रक्षक सञ्जालको समन्वय र ग्रामीणमुखी युवा अभियान (रोयम) नेपालको आयोजनामा युवा मानव अधिकार रक्षकहरुको अन्र्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी छन् । नगरपालिकामा उपमेयर र गाउँपालिकामा उपाध्यक्ष संयोजक रहेको न्यायिक समितिको प्रभावकारी रुपमा सञ्चालन गर्न, स्थानीय तहले नीति योजना र बजेट बिनियोजनमा आवश्यकता आधारमा छनौट गर्न, लक्षित वर्गका बजेट कार्यक्रम बनाउन, योजनाहरुको प्रभावकारी अनुगमन तथा मूल्यांकन गर्न आग्रह गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख केशव शाहीले स्थानीय सरकार उदार हुनुपर्ने र अधिकार माग्ने पक्षहरुको क्रियाशीलता आवश्यक रहेको बताए । आठबीस नगरपालिकाका मेयर तर्कबहादुर बडुवालले विछडिएको क्षेत्रमा राज्यका निकायहरुले पक्षपात गरिरहेका बताए ।
डुंङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले युवा लगनशीलता र तत्परताले अवसरहरु प्राप्त हुने बताए । यस्तै गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीले अधिकार अभिमुखीकरण गर्नेहरुले नागरिकहरुलाई कर्तव्य पालनाको शिक्षा पनि दिनुपर्ने सुझाव दिए ।