ठगी आरोपमा दैलेख नौमूलेका एक जना पक्राउ
मातृभूमी संवाददाता । २२ कात्तिक दैलेख
आफुलाई भारतीय सेना बताउँदै ठगी गर्ने एक जनालाई दैलेख प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौमूले गाउँपालिका ७ घर भई हाल नौमूले गाउँपालिका ५ बस्दै आएका ४४ वर्षीया वीरबहादुर थापा रहेका छन् ।
थापाले आफु पूर्व भारतीय सेना रहेको बताउँदै विभिन्न व्यक्तिहरुलाई भारतीय सेनामा भर्ती गरिदिने प्रलोभन/विश्वासमा पारेर प्रति व्यक्ति ८ लाख रुपैयाँ ठगी गरेको कसुरमा पक्राउ गरिएको दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए ।
थापालाई ठगी सम्बन्धी कसुरमा पक्राउ गरी दैलेख जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका थापाले अन्यलाई ठगेको भए प्रमाण सहित उजुरी पेस गर्न समेत प्रहरीले आग्रह गरेको छ ।