दैलेख-सुर्खेत सडक खण्डमा गाडी दुर्घटना ४ जनाको मृत्यु, ३० जना घाइते (पुर्ण विवरण सहित)
मातृभूमी संवाददाता । २३ कात्तिक दैलेख
दैलेख-सुर्खेत सडक खण्ड अन्र्तगत वीरेन्द्रनगर १४ रातानांङ्ला नजिक फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा भैरबी गाउँपालिका ५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी, भैरबी गाउँपालिका २ का ३६ वर्षीय कणर्बहादुर विष्ट, सोही ठाउँका १६ वर्षीया दीपिका महतारा र २१ वर्षीया संगीता विष्ट रहेको प्रहरीले जनाएको छ ।
दैलेख बजारदेखी सुर्खेततर्फ जाँदै गरेको कणर्ाली प्रदेश ०२००१ ख ०९९८ नं. को गाडी अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी उपचारका लागि कणर्ाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।
३४ जना सवार उक्त गाडी सडक भन्दा झण्डै २ सय मिटर तल खसेको छ । घाइते हुनेहरुमा दैलेखको नारायण नगरपालिका ४ बस्ने २८ वर्षिय चन्द्र मल्ल, भैरबी गाउँपालिका ३ का २८ वर्षिया जगत कुमारी बिष्ट, उहाँका छोरा अन्दाजी २ वर्षिय स्माईल आचार्य, उहाँकी छोरी ६ वर्षिया स्मारिका आचार्य, भैरवी गाउँपालिका ५ का १२ वर्षिय राजन थापा, भैरवी गाउँपालिका ६ का २१ वर्षिय प्रकाश बिष्ट, दुल्लु नगरपालिका १२ का २६ वर्षिया चन्द्रा रावत, उहाँका छोरा ७ वर्षिय सन्दिप रावत, भैरवी गाउँपालिका १ का २२ वर्षिया सम्झना भण्डारी, उहाँका १८ महिनाका छोरा युनिक बिष्ट, सोहि ठाउँका १० वर्षिया चन्द्रा रावत रहेको सुर्खेत प्रहरीले जनाएको छ ।
यसैगरी दुल्लु नगरपालिका ६ का १९ वर्षिया सुजता रावत, सोहि ठाउँका ९ वर्षिया बिहानी के.सि., नाम थर नखुलेको १५ महिने बालिका, सुर्खेतको बिरेन्द्रनगर नगरपालिका ८ का ३४ वर्षिया कृष्णा थापा, उहाँका छोरा ४ वर्षिय राजन थापा, उहाँकी छोरी ११ वर्षिया अबिक्षा थापा, भैरबी गाउँपालिका १ का १८ वर्षिया तुल्सी थापा, भैरबी गाउँपालिका २ का २३ वर्षिया लाल कुमारी बिष्ट, सोहि ठाउँकी २२ वर्षिया पुष्पा खड्का, नारायण नगरपालिका ४ का २५ वर्षिय बालाराम रेग्मी, महाबु गाउँपालिका ३ का २५ वर्षिय सोवणर् शाही रहेका छन् ।
यस्तै भैरबी गाउँपालिका २ का १७ वर्षिय घनश्याम बिष्ट, महाबु गाउँपालिका ३ का २० वर्षिय प्रकाश बुढा, भैरबी गाउँपालिका १ का ३१ वर्षिया रमा बिष्ट, भैरबी गाउँपालिका ३ का २० वर्षिया कमला बिष्ट, महाबु गाउँपालिका ३ का १६ वर्षिया हरी रावल, भैरबी गाउँपालिका १ का २७ वर्षिया सुजता खत्री, सुर्खेतको बिरेन्द्रनगर नगरपलिका ३ काय २१ वर्षिय सौगात मल्ल, भैरबी गाउँपालिका २ का ३० वर्षिय कमल नेपाली रहेका छन् ।